दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्ने नवनियुक्त खेलकुदमन्त्रीको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्ने नवनियुक्त खेलकुदमन्त्रीको प्रतिवद्धता

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडी र पदाधिकारीहरुले खेल क्षेत्रमा महशुस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताउनुभएको छ ।

बिहीवार मन्त्रालयको जिम्मेवारी सम्हालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्नेकुरामा आफ्नो प्राथमिकता रहने बताउनु भयो ।

उहाँले आम नागरिकहरुले देख्नेगरी काम गर्ने बताउनु भयो । उहाँले हरेक कुरालाई सकारात्मक ढंगबाट लिनपनि आग्रह गर्नुभयो । उहाँले मन्त्रालयमा रहेर आफू दिनको १८ घण्टा काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

खेलकुदमन्त्री लिम्बूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनयताको शपथग्रहण गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);