हिजो राती नै भएको थियो रायमाझी र आईजीपीबीच फोनवार्ता | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

हिजो राती नै भएको थियो रायमाझी र आईजीपीबीच फोनवार्ता

काठमाडौं । आफुबारे पक्राउ पुर्जी जारी भएको खबर पाएपछि नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझीले बुधबार राति आईजीपी बसन्त बहादुर कुँवरलाई फोन गरेको खुलेको छ ।

रायमाझीले पक्राउ पुर्जीबारे आईजीपीलाई यो कुरा के हो ? भनेर सोधेका थिए । तर, आईजीपीले त्यसो नभएको भन्दै यसबारे बुझ्न खोजिएको स्पष्ट पारेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खुलाएका छन् ।

ओलीले समेत रायमाझीलाई हिजो बेलुका फोन गरेर यसबारे सोधेका थिए । तर, रायमाझीले आईजीपीसँगको फोन बारे जानकारी गराएका थिए ।

यसबारे बुझ्न ओली प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए । ओलीले रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण भएको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भएपनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमयी भएको उल्लेख गर्नुभयो । उहाँले सचिव रायमाझीलाई तानेका हो वा तनाएको हो भन्ने बारेमा पार्टीले अध्ययन गरिरहेको र अध्ययनपछि मात्रै पार्टीले धारणा बनाउने बताउनु भयो । उहाँले कुनैपनि बेला दोषी उम्किनु नहुने र निर्दोष फस्नु नहुने भन्दै फसाउने षड्यन्त्र रचिएको भए सह्य नहुने चेतावनी दिनुभयो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग आफूले समसामयिक राजनीतिक विषयमा छलफल गरेको र सांसद रायमाझीलाई पक्राउ गरेको कुरामा पनि ध्यानाकर्षण गराएको उल्लेख गर्नुभयो । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीबिरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);