रवि लामिछानेको चालकको मृत्युबारे छानबिन गर्न महेश बस्नेतको माग | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

रवि लामिछानेको चालकको मृत्युबारे छानबिन गर्न महेश बस्नेतको माग

काठमाडौं, २१ वैशाख । नेकपा एमालेका नेता महेश बस्नेतले पूर्वमन्त्री रवि लामिछानेका चालक शम्भु थापाको मृत्युबारे छानबिन गर्न माग गरेका छन् । सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै बस्नेतले आफ्नो पद जोगाउन पासपोर्ट काण्ड जस्तै मुद्धा नचलाउने निर्णय गरे जस्तै गलत सम्झौता नगर्न पनि आग्रह गरेका छन् । थापाको निधन शंकास्पद भएको पनि उनको तर्क छ ।

चितवन २ को उपनिर्वाचनको चुनावी प्रचार प्रसारका लागि रविसँगै चितवन पुुगेका थापा बिहान ४ बजे ३ तलामाथी छतबाट खसेर गम्भिर घाइते भएका थिए । उनलाई सुरुमा भरतपुर र पछि काठमाडौंको मेडिसिटी अस्पतालमा हेलिकप्टरबाट ल्याइएको थियो । केही दिन अघि मात्र थापाको मृत्यु भएको जानकारी दिइएको थियो ।

पूर्वमन्त्री बस्नेतले लेखेका छन्, १) पुरै समय चुनाबि प्रचार रबि संगै हिडेका शम्भु सम्भब त पुरै निगरानिमा थिए । रक्सि काहाबाट किने ,कस्ले किन्दियो? ,पुर्ब गृह मन्त्रीको सुरक्षा घेरा भित्रको घर भित्र बसेर ४ बजे सम्म कसरि खाए ? सुन्दा सबै घटना बनावटि जस्तो लाग्छ । आत्म हत्या , दुर्घटना या कसैले मारेको पनि हुन सक्छ जे होस रहस्य के हो कस्ले किन के कारण यो गर्यो खोजिगरौ ?

२)पुर्व गृह मन्त्रीको घरमा उसका कर्मचारीहरु रातभर रक्सि खाएर जे पायो तेही गर्ने बाताबरण हुन्छ र ? समान्य मान्छेको घरमा नि तेस्तो हुन्न ।

३) रक्सि खाएर पिसाब फेर्न कौशिमा निस्क्यो चुरोट खान निस्क्यो । रबिको घर दुर्गम क्षेत्रमा हो ? घर भित्र तयष्भित हुदैन , छैन ? ,तल्लो तलामा बसेको भए चुरोट खान बाहिर जान सक्थ्यो मालिकले थाहा पाउला भनेर ? माथिल्लो तलामा बस्ने मान्छे राति ४ बजे चुरोट खान किन बाहिर जान्छ बडि गए झ्यालको छेउ सम्म जाला, बाहिर जाँदैन ।

४) पि ए र ड्राइभर नेताका ९०% बिषय थाहा पाउने ब्यक्ति हुन । उनको आत्महत्या या हत्या जे भएको भए पनि गम्भिर बिषय हो ।

५) रबिको ड्राइभर को आवाज दुर्घटनाकै दिन भेण्टिलेटरमा राख्नु अघिको हो भनिन्छ । छानबिन किन नगरेको ?

६) तेही बेला उनको मृत्यु भैसकेको कुरा थियो चुनाब जिते पछि , बिजय जुलुस सकेपछि , प्रचण्डलाई भेटेर सहमति गरेपछि अरु शिर्ष नेतालाई भेटे पछि मात्र मृत घोषणा गरियो

७) उठेका प्रश्नको जबाफ दिन सक्ने कुनै तर्क र नैतिक बल छैन अनि अन्ध भक्त र परिचालित लठैत लगाएर वार रुम चलाएर अस्लिल गालि गर्ने , ज्बपभच लगाएर आलोचना गर्ने mभमष्ब र कयअष्ब िmभमष्ब दयिअप गर्ने , फोन गरेर धम्काउने रबिको अर्को गम्भिर (अथदभच अचष्mभ ) अपराध हो ।

८)यो सबैको उचित छानबिन गर्नु पर्यो प्रचण्ड सरकार ! आफ्नो पद जोगाउन मुन्टो नलुकाउ पासपोर्ट काण्ड मुद्धा नचलाउने निर्णय गरे जस्तै गलत सम्झौता नगर

९) रामराजा श्रेष्ठ को टुवैट बाट पनि बिषय रहस्य्मय छ बन्ने देखिन्छ । हेर्नु होला ।

Leave a Reply

ताजा समाचार