एपीवान टेलिभिजन छाडेर कहाँ जाँदैछन् टीकाराम यात्री ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

एपीवान टेलिभिजन छाडेर कहाँ जाँदैछन् टीकाराम यात्री ?

काठमाडौं, २१ वैशाख । एपीवानका प्रधान सम्पादक र कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’ का प्रस्तोता टीकाराम यात्रीले मंगलबार टेलिभिजन छाडेको घोषणा गरे । लोकप्रिय टेलिभिजनका चर्चित प्रस्तोता यात्रीले एपीवानमा प्रधान सम्पादक भएर ७ काम गरे ।

उनको कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’ लाई दर्शकहरुले सर्वाधिक रुचाए । कार्यक्रम सफल भइरहँदा एकाएक यात्रीले एपीवानबाट बाहिरिएको आम दर्शकलाई जानकारी गराए । अब उनी कुन मिडियामा जादैंछन् त्यो भने आम दर्शकको चासोको विषय बनेको छ ।

यात्रीले सामाजिक सञ्जालमा लेखेका छन् ‘आदरणीय दर्शक, आफन्त र मित्रगण ! यहाँहरूको निसर्त सद्भावका कारण एपीवान टेलिभिजनको अंकुरण, पल्लवन र पुष्पनसम्म मेरो यात्रा सबै दृष्टिले अनुपम रह्यो। परन्तु यो यात्राबाट अहिले विश्राम लिएको छु। प्रधान सम्पादक र कार्यक्रम प्रस्तोताका रूपमा मेरा लागि बितेको सात वर्ष स्वर्ण वर्षका रूपमा रहे। यो यात्रामा अनवरत साथ, समर्थन, सद्भाव र सहकार्यका लागि प्रिय दर्शक, शुभचिन्तक, सहकर्मी र व्यस्थापकप्रति विशेष अनुग्रहसहितको अहोभाव। हाम्रो भेट भैरहने नै छ। भवतुः सब्ब मंगलम्,’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);