जीवनमा सफल व्यक्ति बन्न चाहनुहुन्छ भने आजै छोड्नुहोस् यी ३ बानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

जीवनमा सफल व्यक्ति बन्न चाहनुहुन्छ भने आजै छोड्नुहोस् यी ३ बानी

काठमाडौं, २१ वैशाख । आजकल सबैजना सफल व्यक्ति बन्न चाहन्छन्। यसका लागि कतिपयले कडा परिश्रम गर्छन् भने कतिपयले प्रविधि (सट कट) अपनाउछन् । मिहिनेत गरेर सत्यको मार्गमा हिँड्नेहरू एक दिन अवश्य सफल हुन्छन्।

अर्को तर्फ नराम्रो काम गर्ने धनी बन्छन् तर गलत काम गरेर धन जम्मा गर्नेले एक दिन अवश्य नष्ट हुन्छ । यदि तपाई पनि आफ्नो जीवनमा सफल व्यक्ति बन्न चाहनुहुन्छ भने आचार्य चाणक्यका यी ३ कुरालाई ध्यानमा राख्नुहोस् ।

जानौं–
दुराआऽवासी च दुर्जनः
यनमैत्री क्रियाते पुंभिर्नारः शीघ्र विनाश्यति।

आचार्य चाणक्यले नराम्रो कर्म गर्ने मानिसबाट टाढै रहनुपर्छ भन्नुभएको छ । नराम्रो कर्म गर्नेको संगतमा छौ भने एक दिन तिमी पनि खराब बन्छौ। सन्तको संगतले व्यक्तिमा सात्विक विचार जगाउँछ। अर्कोतर्फ, गलत मानिसको संगतबाट मानिस खराब बन्छ । यसका लागि खराब मानिसहरूबाट टाढा रहनुहोस्। साथै नराम्रो कर्मले भाग्य पनि बिगार्छ।

यदि तपाईं आचार्य चाणक्यमा विश्वास गर्नुहुन्छ भने, तपाईंले बिना कारण कसैलाई हानि गर्ने मानिसहरूबाट पनि सावधान रहनु पर्छ। नराम्रो व्यक्तिहरूसँग रहँदा उनीहरूले गर्ने काममा तपाईंलाई संलग्न गराउन सक्छ । जब नराम्रो काम गर्ने मान्छेको दिन खराब हुन्छ । त्यस दिनबाट तिम्रो खराब समय पनि सुरु हुनेछ। बिना कारण कसैलाई मानसिक, शारीरिक र आर्थिक हानी पु¥याउने व्यक्तिबाट होसियार रहनुपर्छ ।

आचार्य चाणक्यले दूषित ठाउँमा बस्न नहुने बताएका छन् । यदि तपाईं दूषित ठाउँहरूमा बस्नुहुन्छ भने, तपाईं बिरामी हुन सक्नुहुन्छ । मानसिक रूपमा पनि विचलित हुन सक्छ । यसका लागि नराम्रो कर्म गर्ने, दूषित ठाउँ र अरूलाई हानि पुरÞ्याउनेहरूबाट टाढा रहनुपर्छ । सरल शब्दमा भन्नुपर्दा यी ३ बानी तुरुन्तै त्याग्नुपर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);