दार्चुला हिमपहिरो अपडेट : आमाछोरासहित ३ जनाको पहिचान खुल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

दार्चुला हिमपहिरो अपडेट : आमाछोरासहित ३ जनाको पहिचान खुल्यो

काठमाडौं, २१ वैशाख । दार्चुलामा यार्सागुम्बा खोज्न गई वेपत्ता भएकामध्ये तीनजनाको शव फेला परेको छ । वेपत्ता भएका ५ मध्ये नक्नी डोमा थापा, कमला कुँवर र प्रविण कुँवरको शव फेला परेको प्रहरीले जनाएको छ । कमला र प्रविण आमा छोरा हुन् । अझै ईश्वरी थापा र क्षिभी सोमो थापाको अवस्था पत्ता लागेको छैन् ।

दार्चुला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप सिंह धामीले घटनास्थलभन्दा ६ सय मिटर तल खोल्चामा शव बुधवार फेला परेको जानकारी दिए । भेटिएकामध्ये एकजना १८ वर्षका पुरुष छन् भने २ जना महिला छन् । वेपत्ता २ जनाको खोजी जारी रहेको धामीले बताए । पानी परिरहेकाले उद्धार कार्यमा समस्या थपिएको थियो । २६ जना प्रहरी उद्धारमा खटिएको जानकारी दिए ।

१२ जनामध्ये ७ जना सकुशल भेटिएका थिए । घटनास्थल दार्चुलाको व्यास गाउँपालिकाको छारुङ भन्ने ठाउँ हो । उक्त स्थानमा यार्सागुम्बा टिप्न १२ जना नाम्पा हिमालतर्फ गएकोमा प्रतिकूल मौसम भएपछि टेन्ट गाडेको ठाउँमा फर्कंदा हिमपहिरो आएको थियो ।

गएको चारदिनमा हिमाली क्षेत्रमा व्यापक हिमपात हुँदा पश्चिम नेपालको हिमाली भेगमा यार्सा टिप्न जानेहरु समस्यामा परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);