हिमपहिरोमा बेपत्ता ५ जनाको सशस्त्र र नेपाल प्रहरीले खोजी गर्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८३, मंगलबार

हिमपहिरोमा बेपत्ता ५ जनाको सशस्त्र र नेपाल प्रहरीले खोजी गर्दै

काठमाडौं, २० वैशाख । दार्चुलामा मंगलबार दिउसो ३ बजेतिर खसेको हिमपहिरोमा परी ५ जना वेपत्ता भएका छन् । जिल्लाको ब्याँस गाउँपालिका–१ मा पर्ने भोलिन वनमा माथीबाट खसेको हिमपहिरोमा परी यार्सागुम्बा संकलन गर्न गएका ५ जना वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

वेपत्ता हुनेमा डोटी जिल्ला जोरायल गा पा २बुडर का ४५ वर्षिय नत्थि डोमा थापा २८ वर्षिय इश्वरी थापा १५ वर्षिय छिमि सामु थापा र दार्चुला जिल्ला दुहु गा पा ४ का २६ वर्षिय कमला कुवर र १८ वर्षीय प्रविण कुवर रहेको प्रहरीले जानकारी दिएको छ।

उद्धार र खोजी कार्यका लागि नँ ५० गुल्म छाङ्गरुबाट सशस्त्र प्रहरी र सितापुल प्रहरी चौकी छाङ्गरुबाट नेपाल प्रहरीको टोली खटिएको प्रहरीले जानकारी दिएको छ। Photo : Social media

Leave a Reply