काठमाडौं, २० वैशाख । तनहुँको बन्दिपुरमा ट्रकले घरमा ठक्कर दिँदा ९ जना घाइते भएका छन् । बन्दिपुर गाउँपालिका–५ याम्पा फाँटको आँधीखोलामा ना४ख नम्बरको ट्रकले एउटा घरलाई ठक्कर दिँदा
बालबालिकाहरु घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ । बालबालिकाहरु विद्यालय जान तयार भएका थिए ।
आँबुखैरेनी प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ भने सडक अबरुद्ध छ । घटनाको पुरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
चेतबहादुर घर्ती,सनबहादुर भुजेल, आयुष भुजेल, आयुषा भुजेल, ईश्वर भुजेल, घैटे भुजेल, जस्मी भुजेल,सानुभाइ भुजेल र ३५ वर्षीया शान्ति भुजेल दुर्घटनामा परी घाइते भएका छन् ।
Pic : Dp Adhikari