रास्वपाको संसदीय दलको नेतामा रवि, पार्टी सचेतक निशा डाँगी | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८१, बुधवार

रास्वपाको संसदीय दलको नेतामा रवि, पार्टी सचेतक निशा डाँगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता चयन गरेको छ ।

सोमबार काठमाडौंमा बसेको पार्टी संसदीय दलको बैठकले सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो । दलको नेतामा पार्टी सभापति लामिछानेलाई सर्वसम्मतिले चयन गरिएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताउनु भयो । त्यसैगरी बैठकले पार्टीको सचेतक निशा डाँगीलाई बनाउने निर्णय पनि गरेको छ ।

प्रमुख सचेतक परियारले भन्नु भयो, ‘पार्टी सभापतिलाई संसदीय दलको नेता चयन ग¥यौं । अरु प्राविधिक रुपमा काम गर्नका लागि संसदीय कामकारबाहीलाई सजिलो बनाउन केही समितिहरु बनायौं । जस्तो विधेयक अध्ययन समिति, समसामयिक समिति, त्यस्तैगरी सचेतक हाम्रो पार्टी प्रमुख सचेतकको रुपमा म कार्यरत छु । सचेतक हुनुुहुन्न थियो । माननीय निशा डाँगीलाई हामीले सचेतक बनाएका छौं । हामीले निर्वाचनका पनि समिक्षा ग¥यौं ।’

बैठकले पार्टीको संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि विधेयक अध्ययन समिति, समसामयिक लगायतका समितिहरु पनि गठन गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);