उचित पारिश्रमिक र श्रमिक अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा राष्ट्रपतिको जोड | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

उचित पारिश्रमिक र श्रमिक अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं, १८ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व मजदुर दिवसले विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास लिएका छन् । विश्व मजदुर दिवस (मे १) को अवसरमा शुभकामना सन्देश दिंदै पौडेलले सम्पुर्णमा श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन् ।

‘नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक कायम गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको छ । मुलकमा लोकतन्त्रात्मक, समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास मैले लिएको छु ।’ पौडेलद्धारा जारी शुुभकामना सन्देशमा लेखिएको छ,‘मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत् स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ । उद्यमशीलताको विकास गर्न पूँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ भन्ने लाग्दछ ।’

मजदुर दिवसले श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवम् समाजिक सुरक्षा लगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्ने तर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);