एजेन्सी, १७ वैशाख । भारतको महाराष्ट्रको थाने जिल्लाको भिवंडीमा शनिबार दुई तले गोदाम भत्किँदा एक बालिकासहित तीन जनाको मृत्यु भएको छ । ११ जनाको उद्धार गरिएको छ भने १० जना अझै पनि भग्नावशेषमा फसेको आशंका गरिएको छ ।
थाने म्युनिसिपल कर्पोरेशनको क्षेत्रीय विपद् व्यवस्थापन कक्षका प्रमुख अविनाश सावन्तले वलपाडा, मानकोलीको वर्धमान कम्पाउण्डमा रहेको दुई तले भवन दिउँसो २.४५ बजे भत्किएको प्रहरीले जनाएको छ ।
चार जनाको परिवार भवनको माथिल्लो तलामा बस्थे, जबकि मजदुरहरू भुईं फ्लोरमा काम गर्थे । प्रहरीको अनुसार विगत ८ घण्टादेखि उद्धारकार्य जारी रहेको र बेलुका एक कुकुर टोली र दुईजना अर्थ मुभर खटाइएको छ ।
‘भग्नावशेषबाट साढे चार वर्षीया बालिका, ४० वर्षीय पुरुष र २६ वर्षीया महिलाको शव निकालिएको छ भने ११ जनाको उद्धार गरिएको छ भने घाइतेको उपचार भइरहेको छ ।’ प्रहरीले बताए । अझै पनि १० जना भग्नावशेषमुनि पुरिएको हुन सक्ने आशंका गरिएको छ ।
यहाँका मुख्यमन्त्री एकनाथ शिन्देले मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् भने घाइतेको उपचारको खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ । शिन्देले पनि राति घटनास्थलको अवलोकन गरेका थिए । मुख्यमन्त्रीले खोज तथा उद्धारमा संलग्न सबै निकायबीच उचित समन्वय गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
यसअघि, अधिकारीहरूले राष्ट्रिय प्रकोप प्रतिक्रिया बल र राज्य आपदा प्रतिक्रिया बल टोली र फायर ब्रिगेड सहित विभिन्न एजेन्सीहरूका कर्मचारीहरू उद्धार कार्यमा संलग्न छन् । वरिष्ठ अधिकारी र स्थानीय सांसद तथा केन्द्रीय मन्त्री कपिल पाटिल घटनास्थल पुगेका थिए ।