अवैध ढंगले ढुंगागिटी उत्खनन् गर्ने क्रम बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

अवैध ढंगले ढुंगागिटी उत्खनन् गर्ने क्रम बढ्यो

dhunga-gitti(1)

नवलपरासी,२१ पुष । खोलाबाट अवैध ढंगले ढुंगागिटी उत्खनन् गर्ने क्रम बढेपछि नागरिक समाजले जिल्ला समन्वय समितिको ध्यानाकर्षण गराएको छ । अवैध ढंगले नदीजन्य पदार्थ उत्खनन् बढेपछि जिससको ध्यानाकर्षण गराएको नागरिक समाजले जनाएको छ ।

गत आर्थिक वर्षको जेठ मसान्तमै खोलाहरुको ठेक्का म्याद समाप्त भइसके पनि माफियाहरूले प्रहरी प्रशासनसँगको मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको स्थानीयको भनाइ छ । जिल्ला समन्वय समितिले भने अवैध उत्खनन नभएको दाबी गरेको छ । नदीजन्य पदार्थ उत्खननका लागि टेन्डर आह्वान गर्न ढिलाइ भइरहेकाले छिट्टै प्रक्रिया अघि बढ्ने जिससले जनाएको छ ।

नवलपरासी पश्चिमका नारायणी नदी, खजुरा खोला, पानभार, भलुही, तुरिया र झरही खोला तथा नवलपरासी पूर्वका विनयी, दुम्किबास, अरुङ खोला, केरुङलगायतका खोलाबाट अवैध उत्खनन भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);