काठमाडौं, १५ वैशाख । काठमाडौं महानगरले शिक्षा विभागमा अनेरास्ववियु क्रान्तिकारीले लगाएको ताला फोडेको छ । नेकपा बहुमत निकट क्रान्तिकारीले बुधबार दिउँसो लगाएको ताला महानगरले फोडेको हो ।
महानगरले बुधबार विद्यालयभित्र राजनीतिक दलले कार्यक्रम गर्न नपाउने र गरे कारवाही हुने चेतावनी दिंदै परिपत्र जारी गरेको थियो ।
महानगरको सोही निर्णय विरुद्ध क्रान्तिकारीले महानगरको शिक्षा विभागमा तालाबन्दी गरेको थियो । भर्नाको नाममा अवैधानिक शुल्क उठाउने विरुद्ध कारबाही नगरेको भन्दै क्रान्तिकारीले ताला लगाएको हो ।