काठमाडौं, २१ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिलनाथ गिरीले आफु कमल थापाको असल मित्र भएको तर दास नभएको खुलासा गरेका छन् ।
गिरी र थापा विद्यार्थी जीबन देखीकै साथी र एउटै सिद्दान्त बोकेर हिडेको कुरा उल्लेख गरे । २०२५ साल म एउटै सँगठनमा आबद्द भएका उनिहरु २०२७ देखी सम्पर्कमा थिए ।
उनले कमल थापा एक दिन देश को प्रधानमत्री हुन सक्ने सम्भावना भएको बताउदै अाफुले सधै त्यसको समर्थन गर्ने तर थापाले गरेको अस्थिरता, संकट ,अबिश्वासको सहकार्य लाई समर्थन नगर्ने बताए ।
गिरिले, जुन नेतृत्वलाई देशको प्रधानमन्त्री को परिकल्पना गरियो त्यै मान्छेले नै अस्थिरता को सहकार्य गर्न थाल्नुले, पार्टी लाई विभिन्न समयमा संकट आएको बताए ।
यस समबन्धी भिडियो हेर्न तल क्लिक गर्नु होला :