काठमाडौं । सन्दीप लामिछाने । नाम नै काफी छ । उनी एकदिवसीय अन्तर्राष्ट्रियमा विश्वमै छिटो १०० विकेट लिने खेलाडी हुन् । उनी विश्व चर्चीत लिग आईपीएलमा सहभागि हुने पहिलो नेपाली खेलाडी हुन् । गुगलका अनुसार २२ वर्ष देखाउने लामिछानेले नेपाली क्रिकेटलाई दिएको योगदान प्रशंसा योग्य मात्र होइन् । गर्भ गर्न लायक छ ।
उनै लामिछानेले नेपालमा जारी एसिसी प्रिमियर कपमा शानदार प्रदर्शन गरिरहेका छन् । आज कतारविरुद्धको खेलमा नेपालले खराब सुरुवात गर्यो । ब्याटिङ चल्न नसकेपछि नेपाल संकटमा थियो । तर, जब सन्दीप क्रीजमा आए । कसैले नसोचेको खेल खेले । लिग स्पीनरको परिचय बनाएका लामिछानेले आजको खेलमा गरेको ब्याटिङले सबैलाई उत्साहि बनायो । उनले अविजित रहँदै ४२ रनको योगदान दिएका थिए । उनले ५८ बलमा ४२ रन बनाउन सफल भए ।
सन्दीपले ९.१ ओभर बलिङ गर्दै मात्र १४ रन खर्चिएर ५ विकेट लिन सफल भए । कृतिपुर स्थित टियू मैदानमा भएको खेलमा नेपालले कतारलाई ६८ रनले हराएको हो । नेपालको जितमा सन्दीप नायक बने । आजका ‘प्लेयर अफ दी म्याच’ हुन् सन्दीप । अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ नेपाल । आजको खेलपछि सन्दीपले भावुक हुँदै सामाजिक सञ्जालमा लेखेका छन्– भगवान धेरै दयालु छन् । माया र साथको लागि सबैलाई धन्यवाद। कृतज्ञ छु ।