आज संसदीय सुनुवाई समितिका सदस्यहरुको नाम प्रश्तुत नहुने | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

आज संसदीय सुनुवाई समितिका सदस्यहरुको नाम प्रश्तुत नहुने

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा संवैधानिक परिषद्सँग सम्बन्धि विधेयक पेस नहुने भएको छ ।

बुधवार सिंहदरबारमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलहरुबीच सहमति नजुट्दा प्रतिनिधि सभाको आजको बैठकमा संवैधानिक परिषद्सँग सम्बन्धि विधेयक पेस नहुने भएको हो । साथै प्रतिनिधि सभाको आजको बैठकमा संसदीय सुनुवाई समिति र अन्य विषयगत १० समितिका सदस्यहरुको नाम पनि पेस नहुने भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संवैधानिक परिषद्सँग सम्बन्धि विधेयक कन्टेनमा छलफल गर्ने सन्दर्भमा केही विषयमा सहमति जुट्न नसक्दा आज संसदमा पेस हुन नसक्ने बताउनु भयो ।

उहाँले संसदीय १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सदस्यहरु पनि आजको बैठकमा पेस नहुने बताउनु भयो । उहाँले समितिमा सदस्यहरु पेस हुन नसक्नुमा नेपाली काँग्रेससहितका केही दलहरुले सदस्यहरुको नाम दिनका लागि बिहीवारसम्मको समय मागेको बताउनु भयो । संवैधानिक परिषद्मा अध्यक्ष र उपस्थित संख्याको ५० प्रतिशत भन्नेकुराले समितिको बहुमतलाई अस्वीकार गर्न खोजेको देखिएको भन्दै अध्यक्ष अनिवार्य नै हुनुपर्ने, अध्यक्षले नमान्दा कुनै निर्णय नै नहुने, जस्तो गरी आएको प्रश्ताव सच्याउनुपर्ने पक्षमा एमाले रहेको स्पष्ट पार्नुभयो । संसदका समितिहरु बनाउने कुरामा कुनैपनि बहानामा ढिलो गर्न नहुने पनि स्पष्ट पार्नुभयो ।

त्यस्तै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलका शीर्ष नेताहरुका बीचमा संसदभित्रका विषयमा भएका सहमति कार्यान्वयन गर्ने विषयमा छलफल सकारात्मक रहेको बताउनु भयो । उहाँले छलफल टुंगिन नसक्दा समितिहरु बन्न नसकेको स्पष्ट पार्नुभयो । प्रमुख प्रतिपक्ष दललाई सार्वजनिक लेखा समितिको मात्रै सभापति पाउने अभ्यास रहेको तर शीर्ष तहबाट तीन वटा समिति सभापति पाउने भएकोप्रति असन्तुष्टि जनाएको देख्न सकिन्छ । नेपाली काँग्रेसले अहिलेसम्मको परम्परा र पद्धति भन्दा माथि रहेर प्रमुख प्रतिपक्षी दललाई तीन वटा समितिको नेतृत्व गर्न दिएको बताउँदै आएको छ ।
प्रमुख सचेतक लेखकले कार्य व्यवस्था परामर्श समितिको बैठक आज नै २ बजे बस्ने पन िबताउनु भयो ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

९ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

९ घन्टा अघि

Duel Bet: The Casino Showdown

९ घन्टा अघि