उडिरहेको विमानमा आगलागीको दृश्य (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

उडिरहेको विमानमा आगलागीको दृश्य (भिडियोसहित)

काठमाडौं, १२ वैशाख । उड्नेवित्तिकै एउटा इञ्जिनमा समस्या देखिएको फलाई दुबईको विमानको दुर्घटना टरेको छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट सोमवार राति उडेको विमानको एउटा इञ्जिन फेल भएको थियो ।

आगो लागेर एउटा इञ्जिन फेल भएपनि चालकले यात्रालाई निरन्तरता दिएका थिए । दायाँ इञ्जिनमा समस्या भएपनि अर्को इञ्जिन चलाएर विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएको नेपालस्थित नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । आगो पनि नियन्त्रणमा आएपछि विमान काठमाडौंमा पुन अवतरण नगरी उडेको प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले बताएका छन् ।

५७६ एफजेड उडान नम्बरको विमान दुबईको समय अनुसार १२ बजेर ११ मिनेटको राति अवतरण भएको जनाइएको छ ।

विमान उड्नेवित्तिकै आगोको झिल्को देखिएको थियो । विमानमा विष्फोटको आवाज पनि सुनिएको थियो । चरा ठोक्किएर आवाज आएको दाबी गरिएको छ । त्यसपछि केही बेर विमानले फन्को लगाएर दुबईतर्फ उडानलाई निरन्तरता दिएको थियो । भिडियो स्रोत : रचना श्रेष्ठ

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);