मधेशमा घण्टीको देखिएन प्रभाव | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

मधेशमा घण्टीको देखिएन प्रभाव

काठमाडौं, १२ वैशाख । देशको मुख्य शहर हुँदै ग्रामीण क्षेत्रसम्म प्रभाव बढाएको राष्ट्रिय स्वतन्त्र पार्टीको मधेशमा भने प्रभाव देखिएन । चितवन र तनहुँमा घण्टी चिन्ह लिएका रास्वपा उम्मेदवारहरुले भारी मत प्राप्त गर्दा बारामा भने फरक देखियो परिस्थिति ।

बारा २ मा रास्वपा उम्मेदवार रमेश खरेलले चौंथो स्थानमा अन्य उम्मेदवारहरुलाई पछ्याइरहेका छन् । उनको मत हेर्दा जमानत जोगाउन मुश्किल देखिदैछ ।

खसेको मतमध्ये रमेश खरेलले बल्ल २ हजार मत कटाएका छन् । अन्य दुई क्षेत्रमा मूलधारका केही दलको समेत जमानत जफत गराइदिएका रास्वपा उम्मेदवारहरुले बारा २ मा भने फरक परिस्थिति देखियो । त्यहाँ रास्वपा उम्मेदवारकै जमानत जफत हुनसक्ने अवस्था देखिदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);