काठमाडौं, १२ वैशाख । चितवन २ को उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मतान्तर बढाउँदै लगेका छन् । उनले निकटतम प्रतिद्वन्द्वीहरु नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपानेभन्दा ३७ हजार बढी मत ल्याइसकेका छन् ।
पछिल्लो मतपरिणामअनुसार लामिछानेको ४५ हजार ८४२ मत पुग्दा श्रेष्ठको ८ हजार ४२५ मत छ । न्यौपानेको ८ हजार ३३० मत रहेको छ ।
त्यस्तै, बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको १२ हजार ४७९ मत छ ।
जनमत पार्टीका शिवचन्द्र कुशवाहाको ८ हजार १८१ मत छ । नेकपा एमालेका पुरुषौत्तम पौडेलको ४४ सय ४१ मत छ । बारामा रास्वपाका रमेश खरेल निकै पछि छन् ।




