काठमाडौं, १२ वैशाख । बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन् ।
पछिल्लो मतगणनाको परिणाम अनुसार यादवले ९ हजार ७७० मत प्राप्त गर्दा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ६ हजार ७७१ मत ल्याएर दोस्रो स्थानमा छन् ।
त्यस्तै, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३ हजार ७ सय मत प्राप्त गर्दा रास्वपाका रमेश खरेलले १ हजार १७४ मत पाएका छन् ।
गत मंसिरमा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त रहेको सांसद पदका लागि गत आइतबार चुनाव भएको हो ।