काठमाडौं, १० वैशाख । देशको तीन निर्वाचन क्षेत्रमा भइरहेको उपनिर्वाचनमा ठाउँ ठाउँमा तनाव भएको छ । आचारसंहिता उल्लंघनका घटना पनि भएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेको बारा २ मा बुथ क्याप्चरको विषय उठेको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले यादवले बुथ क्याप्चर गर्न लगाएको आरोप लगाएका छन् ।
इनरवा, सनफुलवालगायतका स्थानमा मतदाता रोक्ने र बुथ क्याप्चर गर्ने गतिविधिहरु भएको भन्दै एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले निष्पक्ष मतदानको माग गरेका छन् । सीके राउतले पनि बुथ क्याप्चरको आरोप लगाएका छन् उपेन्द्र यादवमाथि ।
चितवनको नयाँकिरण कमलकुसुम माध्यमिक विद्यालय मतदान केन्द्रमा नारावाजी भएको छ । रवि लामिछाने पुगेपछि उनका समर्थकले नारावाजी गरेपछि तनाव बढेको हो ।
तनहुँमा गोविन्द भट्टराईमाथि आचारसंहिता उल्लंघनको आरोप लगाएको छ । निर्वाचन भइरहेका क्षेत्रहरुमा तनावको स्थिति बढेपछि सुरक्षा कडा पारिएको छ ।




