विष भरिएको तरकारी खान वाध्य पार्दै सरकार ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८१, आइतबार

विष भरिएको तरकारी खान वाध्य पार्दै सरकार ( भिडियो रिपोर्ट )

सन्दीप शर्मा रिजाल \ माउन्टेन टेलिभिजन एचडी। सरकारले छिमिकी मुलुक भारतबाट नेपालमा भित्रिने तरकारी फलफुलमा विषादी मापन गर्नका लागि कुनै पहल नै गर्न सकेको छैन । पटकपटक भारतबाट आयात गरिने तरकारी फलफुलहरुमा विषादी मापन गर्नु पर्नै आवाज उठेपनि सरकारले हाल सम्म ठोस कुनै कदम चाल्न नसकेको हो। जसले गर्दा सर्वसाधारणको स्वाथ्यमा गम्भिर प्रकृतिका रोगहरु लाग्ने खतरा बढेको छ। भारत बाट आयात भएका तरकारीमा अत्याधिक मात्रामा विषादी प्रयोग हुने गरेको थाहा भए पनि उपभोक्ताहरु बाध्य बनेर विषादी युक्त तरकारी खान परिरहेको बताउँछन् ।

भारतबाट आउने विषादीयुक्त तरकारी नेपालमा उत्पादन भएको तरकारी भन्दा सस्तो पर्न जान्छ। महंगीको मारमा परेका जनताहरु सस्तोमा तरकारी पाउँदा विषादी युक्त तरकारी खाने गर्छन् । सरकारले नेपालमा भित्रीने तरकारीमा बिषादीको मात्रा परिक्षण गर्न कुनै पहल कदमी चालेको देखिदैन । जसकारण पनि जनताहरु दैनिक घातक रोगको सिकार बनिरहेका छन् ।

आफूहरुले बेचीरहेको तरकारीमा विषादी छ भन्ने थाहा हुदाँ हुदै पनि बेच्नु पर्ने व्यापारीहरुको बाध्यता छ। सरकारले नै विषादी परिक्षण गर्न कुनै पहल नगरेपछि व्यवसायीहरु जस्तो तरकारी आउँछ त्यस्तै बेच्नु परेको भन्दै गुनासो गर्छन् ।
भारतबाट आयात हुने र स्वदेशका तरकारीमा सरकारले विषादीको मात्रा परिक्षण गर्न सक्नु पर्छ। प्रधानमन्त्री बन्न नपाउँदै भारत जान खुट्टो उचालेका प्रधानमन्त्री प्रचण्डले भारतलाई विषादीयुक्त तरकारी नेपाल प्रवेश गर्न दिन्न भन्न सक्नुपर्छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);