विप्लवको दाबी– वर्तमान राज्य व्यवस्था असफल भईसक्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

विप्लवको दाबी– वर्तमान राज्य व्यवस्था असफल भईसक्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्था असफल भईसकेको बताउनु भएको छ ।

नेपाली जनतालाई धेरै निराश र लज्जित बनाउने काम गरेकाले वर्तमान संसदीय व्यवस्था असफल भईसकेको उहाँको जिकीर थियो । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले देशलाई स्वाधिन बनाउन र नागरिकलाई मालिक बनाउनका लागि बैज्ञानिक समाजवादको विकल्प नभएकाले त्यसका लागि बहसमा जुटन पनि अन्य कम्युनिष्ट पार्टीहरुलाई आग्रह गर्नु भयो ।

जनताको शासन सत्ता ल्याउनका लागि आफ्नो पार्टीले अन्य कम्युनिष्ट पार्टीहरुसँग खुला बहस गर्न चाहेको महासचिव विप्लवको बताउनु भयो । उहाँले रुसमा लेलिनको नेतृत्वमा गरिएको रुसी क्रान्तिको स्मरण गराउँदै नेपालमा पनि निराश जनतालाई माथि उठाउन जनवादी सत्ता ल्याउनुको विकल्प नभएको पटकपटक दोहो¥याउनु भयो । उहाँले भन्नु भयो, ‘आजको संसदीय व्यवस्था असफल भयो । सफल छैन । नेपाली जनतालाई यति धेरै निराश, यति धेरै लज्जित यो व्यवस्थाले बनाईराखेको छ । त्यसैले हामीले यो बाट अगाडि बढाउनका लागि नयाँ आधारमा बहस खोजौं । छलफल गरौं । हाम्रो यो दृष्टिकोण हो । जनतालाई स्वाधिन बनाउन छ भने जनताको सत्ता बाहेक अरुबाट सम्भव छैन ।’

महासचिव विप्लवले नेपालमा बैदेशिक रोजगारी भित्र्याएर नेपाली जनतालाई पराधिन बनाउने कामको सूरुवात काँग्रेसले गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);