‘मिटरब्याजीलाई राज्यले अपराधी घोषणा गर्नुपर्छ’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘मिटरब्याजीलाई राज्यले अपराधी घोषणा गर्नुपर्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशीहरुको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दाबी गर्नुभएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले विदेशीहरुको निर्देशनमा नेपालको सत्ता सञ्चालन भइरहेको दाबी गर्नुभएको हो । नेपालको अर्थतन्त्र मुठीभर व्यक्तिको हातमा रहेको भन्दै महासचिव चन्दले नेपाललाई टाट पल्टाउने र मुठीभर विदेशी एकाधिकार पुँजीपतिहरुले अर्थतन्त्रमा कब्जा जमाउने परिस्थितिको अन्त्य हुनुपर्नेमा जोड दिनु भयो । देशभित्रै केही गर्छु भन्ने मध्यम वर्गीय उद्योग व्यवसायीहरु आत्मदाह गर्नुपर्ने अवस्था तथा राष्ट्रिय उद्योगीहरुसमेत ऋणको ठूलो भारमा परेको कारणले आन्दोलन गर्नुपर्ने स्थिति बनेको विप्लवको भनाइ छ ।

महासचिव चन्दले विचार र मुद्दा मिलने कम्युनिष्ट पार्टीहरुसँग सहकार्य हुने स्पष्ट पार्नुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले महंगी विरुद्ध फागुन ५ र १५ गते देशव्यापी बिरोध प्रदर्शन गर्ने जानकारी दिनुभयो । पार्टीको केन्द्रिय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता विश्वकर्माले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई पार्टीको मुख्य एजेन्डा बनाउने निर्णय गरेको पनि बताउनु भयो ।

प्रवक्ता विश्वकर्माले जनताका मौलिक अधिकारका लागि संघर्ष गर्ने, मिटरब्याजीलाई राज्यले अपराधी घोषणा गर्नुपर्ने माग गर्नु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);