झलनाथ भन्छन्– कोदो खाएर बलवान भएको छु, म्याराथनमा दौडिने हिम्मत छ | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

झलनाथ भन्छन्– कोदो खाएर बलवान भएको छु, म्याराथनमा दौडिने हिम्मत छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उहाँले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पदान गर्न सुझाव दिनुभएको हो । उहाँले आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको भन्दै अहिले सुगर र प्रेसर हराएको बताउनु भयो ।

सम्मानित नेता खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन पनि सक्षम र बलवान भएको बताउनु भयो । उहाँले हरेक कुरालाई पराजय गर्नको लागि आत्मविश्वासको आवश्यक्ता रहेको बताउनु भयो ।

पूर्वप्रधानमन्त्री खनालले नैतिकवान राजनीतिज्ञमात्रै सधैँभर आफ्नो उचाइमा बसिरहन सक्षम हुने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);