काठमाडौं, ८ वैशाख । गुल्मीमा जंगलमा लागेको आगो नियन्त्रणको क्रममा एक जनाको मृत्यु भएको छ ।
हाडहाडे बर्दवास जंगलमा बिहीबारदेखि लागेको आगो निभाउने क्रममा जलेर धुर्कोट गाउँपालिका–३ का किशोर दीपक मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । मुखियाको उपचारको क्रममा अस्पतालमा आज बिहान मृत्यु भएको हो।
डढेलो निभाउने क्रममा अर्का एक जना पनि गम्भिर घाइते भएका छन् । सोही गाउँकै धनबहादुर जोगी कुँवर घाइते भएका हुन्।
उनलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ । अझैपनि आगो नियन्त्रणमा आउन सकेको छैन् ।
जंगलमा लागेको आगो समुदायमा पस्दा २ जनाको घर गोठ जलेर नष्ट भएको छ । file photo