करोड भिउज पुुगेपछि प्रकाश सपुत भन्छन्–साझमा काम गर्दा अपमान खेपेको छु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

करोड भिउज पुुगेपछि प्रकाश सपुत भन्छन्–साझमा काम गर्दा अपमान खेपेको छु

काठमाडौं, ८ वैशाख । पछिल्ला समय विवादमा आइरहने तर दर्शकहरुका रोजाई र भोगाईका गीत पस्किरहने नाम हो प्रकाश सपुत । उनको पछिल्लो सकम्बरी गीतले एक सातामै एक करोड़ भिउज पाएको छ । महिला यौन हिंसाको विषयको कथावस्तु रहेको सो भिडियो करोड पटक हेरिएको छ ।

गीत र भिडियोको विषयमा केहीले विरोध गरिरहेका छन् भने केहीले समाजको यथार्थ घटना कथामार्फत प्रस्तुत गरिएको तर्क दिइरहेका छन् । यसैक्रममा सांगितिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक सपुतले पछिल्लो गित “सकम्बरी” ले उठाउन खोजेको महिला यौन हिंसाको विषय गम्भिर र साझा विषय भएको उल्लेख गरेका छन् ।

कथामा देखाइएको प्रवृत्ति एउटा क्षेत्रमा मात्रै छ भन्नु अस्वभाविक हुने भन्दै कुनै अर्को क्षेत्रमा छदैछैन भन्नु नमिल्ने उनको तर्क छ । पात्र र पात्रको पृष्ठभुमी तयार गर्दा रात्रीकालीन मनोरञ्जन क्षेत्रलाई छानिएको उनले स्पष्ट पारेका छन् । उनले लेखेका छन्,‘५ वर्ष साझमा काम गर्दै गर्दा मैले अपमानजनक दृष्टिकोण खेपेको छु ।’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);