संवैधानिक परिषदको बैठक सकियो, के के भयो निर्णय ? | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

संवैधानिक परिषदको बैठक सकियो, के के भयो निर्णय ?

काठमाडौं, ६ वैशाख । प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्षविहिन भएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश नियक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको बताउनु भयो । उहाँले अर्को बैकठले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने पनि बताउनु भयो ।

वैशाख ४ गते नेकपा एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा बसेको प्रमुख तीन दलबीचको बैठकले संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी भएका थिए ।

८ बजे बस्ने भनिएको बैठक केही समय ढिला गरी शुरु भएको थियो । आजको बैठकले प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल गरी निस्कर्षमा पुग्ने बताइएपनि निष्कर्षविहिन भएको छ । बैठक सकिएपनि अब कहिले बस्ने भन्ने बारे कुुनै टूंगो नलगाइएको स्रोतले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);