बैंक तथा वित्तीय संस्थामा तरलता अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, २० पुष । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएपछि सरकारी निकायले राष्ट्र बैंकमा राखेको पैसा वाणिज्य बैंकमा पठाउने तयारी गरेको छ । तरलता समस्यालाई अल्पकालिन रुपमा समाधान गर्ने प्रयासस्वरुप राष्ट्र बैंकले सरकार र सरकारी निकायले राखेको पैसा वाणिज्य बैंकमा पठाउने तयारी गरेको हो ।

त्यसका लागि अर्थमन्त्रालयसँग छलफल भइरहेको राष्ट्र बैंकले जनाएको छ । सरकारी ढुकुटीमा विभिन्न शीर्षकमा ३ खर्बभन्दा बढी रकम रहेको र जसबाट ५० अर्ब तरलताको रुपमा बजारमा छाड्न सकिने निष्कर्ष राष्ट्र बैंक र अर्थ मन्त्रालयको रहेको छ । यसअघि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले सरकारी निकायले राष्ट्र बैंकमा राखेको रकम बजारमा पठाउन अर्थ मन्त्रालय र राष्ट्र बैंकको ध्यानाकर्षण गराएको थियो ।

तरलता समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहसचिव रामशरण पुडासैनीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा राष्ट्र बैंकबाट नियमन विभागका प्रमुख नारायण पौडेल तथा अनुसन्धान विभागका प्रमुख नरबहादुर थापालगायत सदस्य छन् । राष्ट्र बैंकमा रहेका सरकारी निकायको पैसा बैंकहरुलाई दिने प्रक्रियाको विषयमा समितिले गृहकार्य गरिरहेको समिति सदस्य नारायण पौडेलले जानकारी दिए् ।

बजारमा तरलताको अभाव भएपछि राष्ट्र बैंकले हिजो मात्रै १० अर्ब रुपैयाँको आउटराइट सेल मार्फत १० अर्ब रुपैयाँ दिएको थियो । त्योभन्दा आगाडि पनि ५ अर्ब रुपैयाँ यसैगरी बजारमा छाडिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);