भावुक हुँदै रविले भने– प्रिय भाइ, हामी दुबैलाई हार्ने छुट छैन्, छिटो ठिक भएर फर्क | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

भावुक हुँदै रविले भने– प्रिय भाइ, हामी दुबैलाई हार्ने छुट छैन्, छिटो ठिक भएर फर्क

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुलाई पीडामा परेको बेलापनि राजनीतिको रोटी सेक्नेहरु एक एकलाई चिनाउने बताएका छन् ।

आफ्नै निवासको छतबाट खसेर गम्भिर घाईते भएका सवारी चालकलाई थप उपचारका लागि काठमाडौं पठाउँदै रविले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् । रविले भावुक हुँदै लेखेका छन्– ‘प्रिय भाइ, हामी दुबैलाई हार्ने छुट छैन । यस्तो पीडामा पनि राजनीतिको रोटी सेक्नेहरु एक एकलाई चिनाउनु छ, छिटो ठिक भएर फर्क मेरो भाइ । अस्पतालमा चिकित्सक होइन भगवानहरु रहेछन् ।’
गम्भिर घाइते भएका सवारी चालक शम्भु थापालाई हेलिकप्टरबाट काठमाण्डौको नेपाल मेडिसिटी अस्पतालमा ल्याइएको रवि लामिछानेले जानकारी दिएका छन् ।

हाल उनको स्वास्थ्य स्थीति स्थिर तथा सुधारोन्मुख रहेको तथा विरामीको स्वास्थ्य स्थीतिलाई मध्यनजर गरि थप उपचारको लागि चिकित्सकहरुको सल्लाहमा हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);