सत्ता साझेदार पाँच दलको बैठक बालुवाटारमा जारी | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

सत्ता साझेदार पाँच दलको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक अघि बढाउनेमा सहमति खोज्न सत्ता साझेदार पाँच दलबीच छलफल सुरु भएको छ ।

बालुवाटारमा सुरु भएको छलफलमा पाँच दलका शीर्ष नेता सहभागी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

आज बिहान पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा सभामुख देवराज घिमिरेसहित कांग्रेस अध्यक्ष शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल गरेका थिए ।

संसद्मा रहेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ लाई सहमतिमा पारित गर्ने गरी छलफल अघि बढिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);