काठमाडौं । मिटरब्याजी पीडित र नेपाल प्रहरीबीच झडप भएको छ।
आन्दोलनरत मिटरब्याजी पीडित समूह र प्रहरीबीच सोमबार झडप भएको हो ।
मिटरब्याज पीडितको समूहले सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेसँगै झडप भएको प्रहरीले जनाएको छ ।
मिटरब्याजी पीडित समहूले ब्यानरसहित सिंहदरबारमा प्रदर्शनका लागि निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको जनाइएको छ ।
झडपमापरि केही मिटरब्याजी पीडित र प्रहरी घाइते भएका छन्।