रवि लामिछानेको चालक थापाको कस्तो छ स्वास्थ्य अवस्था ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

रवि लामिछानेको चालक थापाको कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं, ४ वैशाख । तीन तलामाथि बाट खसेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । टाउकोमा गम्भिर चोट लागेका दिलबहादुर थापालाई अस्पताल ल्याएलगत्तै सबै चेकजाँच गरी टाउकोको शल्यक्रिया गरिएको हो ।

टाउकोको शल्यक्रियापछि थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । अस्पतालको अनुसार उनको अवस्था स्थिर छ । तीन तलामाथिबाट खसेर उनी गम्भिर घाइते भएका थिए । भरतपुर ११ मा रहेको एउटा घरको तेस्रो तलाको छतबाट बिहान ४ बजे खसेका हुन् ।

उनी माथिबाट खसेको सिसिटिभि फुटेजमा देखिएको छ । उनीसँगै सुतेका अर्का चालकलाई पक्राउ गरी प्रहरीले सोधपुछ गरिरहेको छ । उनी महामन्त्री मुुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै छतमा सुतेका थिए ।

चितवन–२ का उम्मेदवार लामिछाने आगामी वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसारमा व्यस्त छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);