काठमाडौं, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक तीन तलामाथिबाट खसेर गम्भिर घाइते भएपछि प्रहरीले अर्का चालकलाई नियन्त्रणमा लिएको छ ।
रविका गाडीका चालक दिलबहादुर थापासँगै सुतेका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ सुरु गरेको हो । उनीहरु दुवैजना राति सँगै छतमा सुतेका थिए ।
भरतपुर ११ मा रहेको एउटा घरको तेस्रो तलाको छतबाट बिहान ४ बजे खसेर चालक थापा गम्भीर घाइते भएका थिए ।
उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । थापाको टाउको र खट्टामा गम्भीर चोट लागेको छ । चितवन–२ का उम्मेदवार लामिछाने आगामी वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसारका लागि चितवनमा छन् ।