संवैधानिक परिषद्को बैठक बोलाउने तीन दलबीच सहमति | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

संवैधानिक परिषद्को बैठक बोलाउने तीन दलबीच सहमति

काठमाडौं, ४ वैशाख । प्रधानन्यायधीश नियुक्ति प्रक्रिया अघि बढाउनेबारे प्रमुख तीन दलबीच सहमति भएको छ । आज बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको छलफलले प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एउटै सवारीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए । ज्वरो आएर आराम गरिरहेका ओलीलाई भेट्न दुई शीर्ष नेता आज बिहान बालकोट पुगेका हुन् ।

ओलीलाई भेट्न दाहाल उनको निवास भक्तपुरस्थित बालकोट जान लागेका हुन् । तीन शीर्ष नेताहरुबीचको भेटमा संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकबारे शीर्ष तहमा छलफल गर्ने र सो विधेयक संसदमा अघि बढाउनेबारे छलफल भएको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);