काठमाडौं, ४ वैशाख । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले नेपालमा छन् । उनी स्थलमार्ग हुँदै आइतवार साँझ सुदूरपश्चिम प्रदेश प्रवेश गरेका हुन् ।
चौथाइवाले धनगढीमा भइरहेको मानसखण्ड सम्मेलनमा सहभागी हुन आइपुगेका हुन् । उनी सोराइ पार्टी प्यालेसमा हुने समापन कार्यक्रमका प्रमुख अतिथि हुनेछन् ।
सुदूरपश्चिम विश्वविद्यालय आयोजक रहेको संगोष्ठीमा नेपाल र भारतका विज्ञहरुले दुई देशको सम्बन्ध, सम्भयता र सांस्कृतिक कनेक्टिभिटीलगायतमा गम्भीर छलफल गरेका थिए ।
२ वैशाखबाट सुरु भएको संगोष्ठी आज समापन हुन लागेको हो । समापनपछि चौथाइवाले काठमाडौं आउने तय छ ।
काठमाडौंमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउदलगायत नेताहरुसँग भेट्ने कार्यक्रम रहेको छ ।