साउद परराष्ट्रमन्त्री नियुक्त हुनुमा भारतको दबाब कति ! | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

साउद परराष्ट्रमन्त्री नियुक्त हुनुमा भारतको दबाब कति !

काठमाडौं, ४ वैशाख ।  नेपाली राजनीतिमा बाह्य शक्ति हावी हुने गरेको कुनै नौलो कुरा होइन । केही दिन अघि नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापा राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार नियुक्त भएका थिए, थापालाई छिमेकी राष्ट्र भारतबाट चर्को दबाब आएपछि सल्लाहकार नियुक्त गरिएको कांग्रेसका नेताहरु बताउँछन् । थापाको नियुक्तिमा सभापति शेरबहादुर देउवासमेत असन्तृष्ट रहेको बुझिएको छ ।

एनपी साउद परराष्ट्रमन्त्री हुनुमा पनि भारतको चर्को दबाब रहेको कांग्रेस स्रोतले जनाएको छ । परराष्ट्रमन्त्रीमा नियुक्त भएलगत्तै साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाउने प्रतिक्रिया दिए । आइतबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उनले सो कामलाई अघि बढाइहाल्ने बताएका हुन् । भारत भ्रमणबारे तुरुन्तै प्रतिक्रिया दिएपछि मन्त्री साउदले छिमेकी राष्ट्रको आशिर्वाद पाएको अनुमान गर्न झन सहज बनाइदिएको छ ।

उनले नेपाललाई विश्वभर नै शान्तिप्रीय र लोकतान्त्रिक देशको रुपमा चिनाउन पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । मन्त्री साउदले छिमेकीसहितका देशहरुसँगको नेपालको सम्बन्ध सौहाद्रपूर्ण, शान्तिपूर्ण र सुमधुर सम्बन्ध रहि आएको उल्लेख गर्दै त्यसलाई अझै घनिष्ट बनाउँदै लैजाने पनि बताए ।

उनले भने,‘नेपाल शान्तिपूर्ण मुलुक हो । हामी संसारका सबै देशहरुसँग हाम्रो लामो समयदेखि इतिहासदेखि नै अत्यन्त सौहाद्रपूर्ण, शान्तिपूर्ण, सुमधुर सम्बन्ध रहि आएको छ । हामीले आगामी दिनमा पनि विश्वभरीका देशहरुसँग, छिमेकीहरुसँग हामीले आफ्नो सम्बन्धलाई घनिष्ट बनाउँदै लैजाने छौं । र, यसरी हामी नेपाल एउटा शान्तिप्रीय देशको रुपमा, एउटा लोकतान्त्रिक देशको रुपमा विश्वभरी चिनिने अवस्था आउनेछ भन्ने मैले विश्वास लिएको छु । यसमा हामी छलफल अगाडि बढाउँछौं । भर्खरै म कार्यालयमा आएको छु । सचिवज्यूलगायतका टिमहरु त्यसमा संलग्न हुनुहुन्छ । म सबै कुराको बारेमा ब्रिफिङ लिएर अनि त्यसको बारेमा भन्नेछु ।’

त्यस अवसरमा मन्त्रालयका सचिव भरतराज पौड्यालसहित उच्च पदस्थ कर्मचारीहरुले मन्त्री साउदको स्वागत गरेका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);