गोविन्द भट्टराईलाई जिताउने जिम्मेवारी किसान श्रेष्ठलाई | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

गोविन्द भट्टराईलाई जिताउने जिम्मेवारी किसान श्रेष्ठलाई

काठमाडौं, ३ वैशाख । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ मा एकीकृत समाजवादी पार्टीले पुर्वमन्त्री कृष्णकुमार श्रेष्ठ‘किसान’ लाई गठबन्धनका उम्मेदवारलाई जिताउने जिम्मेवारी दिएको छ ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई उम्मेदवार छन् । श्रेष्ठ पार्टीले दिएको जिम्मेवारी पुरा गर्न आज तनहूँ पूग्दैछन् । उनले गठबन्धनका उम्मेदवार भट्टराईलाई जिताएर मात्रै राजधानी फर्कने बताए ।

श्रेष्ठको गृहजिल्ला तनहुँ भएपनि गत मंसिरमा सम्पन्न भएको निर्वाचनमा उनी बाराबाट विजयी भएका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा उनी तनहुँ १ बाटै निर्वाचित भएका थिए ।

तनहुँ १ मा भट्टराईसहित नेकपा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा.स्वर्णिम वाग्ले लगायत ९ जना चुनावी मैदानमा उत्रिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);