एजेन्सी, ३ वैशाख । भारतीय माफिया अतीक अहमद र उनका भाइ अशरफलाई शनिबार राति क्याल्भिन अस्पताल नजिकै गोली हानी हत्या गरिएको थियो। दुवै दाजुभाइलाई स्वास्थ्य परीक्षणका लागि क्याल्भिन अस्पताल लगिएको बताइएको छ । उक्त हत्याकाण्डपछि उक्त क्षेत्रमा तनाव फैलिएको छ भने सर्वसाधारणमा त्रात्रसित छन् । यस नरसंहारपछि उत्तर प्रदेशका सबै जिल्लामा सीआरपीसीको धारा १४४ लागू गरिएको छ ।
यसै क्रममा अहिले प्रयागराज प्रशासनले सतर्कता अपनाउदै जिल्लाभर इन्टरनेट सेवा बन्द गरेको खबर पनि आइरहेको छ । यसबाहेक मुख्यमन्त्री योगीको उच्चस्तरीय बैठकपछि १७ प्रहरी निलम्बित भएका छन् । यी सबै १७ प्रहरी अतिकको सुरक्षामा खटिएका थिए ।
प्रहरी चौकी नजिकै दुवै दाजुभाइको हत्या भएको हो । यस घटनामा एक प्रहरी जवानलाई पनि गोली लागेको बताइएको छ । सोही क्रममा हत्यामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार आधुनिक हतियार प्रयोग गरी हत्या भएको हो ।