ओलीकै गठबन्धनमा जोडिदै सीके राउत | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

ओलीकै गठबन्धनमा जोडिदै सीके राउत

काठमाडौं, २ वैशाख । जनमत पार्टीले सत्ता गठबन्धनबाट अलग हुने रणनीति बढाएको छ । उसले गठबन्धनका साझा उम्मेदवारलाई चुनौती दिदै उपनिर्वाचनमा उम्मेदवारी दिएर अलग हुने संकेत गरिसकेको छ ।

बारा २ मा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् । उनलाई गठबन्धनकै सीके राउत अध्यक्ष रहेको जनमत पार्टीका शिवचन्द्र कुशवाहले चुनौती दिने गरी उम्मेदवारी दिएका छन् ।

कुशवाह हालैमात्र नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीमा प्रवेश गरेका हुन् । बारा २ बाट हालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव जसपाबाट विजयी भएका थिए । त्यतिबेला ३ सय मतले कुशवाहा पराजित भएका थिए ।

रामसहायको ठाउँमा उपेन्द्र यादव उम्मेदवार बनेपछि सीके राउत समूहले फिरंगी उम्मेदवार भनेको छ । बारा २ को चुनावलाई उपेन्द्र यादव र सीके राउतको शक्तिसंघर्षका रुपमा हेरिएको छ । यी दुवैमा मधेशको नेता को भन्ने संघर्ष छ ।

राउतको दलले खानेपानी मन्त्रालय पाएकोमा अस्वीकार गरेर सरकारबाट अलग भइसकेको छ । यसलाई उनको गठबन्धन छाड्ने तयारीका रुपमा हेरिएको छ ।

सत्ता गठबन्धन छाडेर सीके राउत केपी शर्मा ओलीको गठबन्धनमा जोडिने सम्भावना बढेको छ । विगतमा पनि ओलीसँग रात नजिक थिए । उनी फेरि नजिकिदैछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);