काठमाडौं, २ वैशाख । सुरक्षागार्डले गोली चलाउँदा पूर्वमन्त्री वर्षमान पुनकी आमा घाइते भएकी छिन् । शुक्रवार राति ९ बजे भीआइपी सुरक्षामा खटिएका सुरक्षागार्डले गोली चलाएको खुलेको छ ।
खुट्टामा गोली लागेर ७४ वर्षीया तीर्थमाली पुन घाइते भएकी हुन् । गोली चलाउने सुरक्षागार्डलाई नियन्त्रणमा लिएर राखिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
गोली नियोजित रुपमा नभई आकस्मिक रुपमा पड्किएको दाबी गरिएको छ । तर, घटनाको अनुसन्धान भइरहेको छ ।
माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पूर्वमन्त्री वर्षमान पुन उपचारका लागि चीनमा छन् । उनी पूर्वसभामुख ओनसरी घर्तीका पति हुन् ।