२९ अंकले घट्यो नेप्से परिसूचक | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

२९ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २९.०७ अंकले घटेको छ । बुधबार ९२ अंकले बढेको नेप्से बिहिबार घटेर १९३४.४७ को विन्दुमा आएको छ ।

बुधबार १ अर्ब ९७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार १ अर्ब ६५ करोडमा कारोबार सीमित भएको छ ।

यस दिन २७० वटा धितोपत्रको ४९ लाख १३ हजार ७०२ कित्ता सेयर किनबेच भएको हो ।

बिहीबार तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। आर्दश लघुवित्त, कालिञ्चोक दर्शन, मोलुङ हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को मूल्य सर्वाधिक ५.५० प्रतिशतले घटेको छ। यो स्किमको प्रतिइकाइ ८.०८ रुपैयाँमा कारोबार भएको हो। त्यस्तै आज कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेको छ। विकास बैंक परिसूचक सबैभन्दा धेरै २.४८ प्रतिशतले घटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);