१ खर्ब १५ अर्ब ५ करोड बेरुजु, सबैभन्दा बढी प्रतिशत सरकारी संस्था र स्थानीय तहमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

१ खर्ब १५ अर्ब ५ करोड बेरुजु, सबैभन्दा बढी प्रतिशत सरकारी संस्था र स्थानीय तहमा

काठमाडौं, ३० चैत्र । यो वर्ष १ खर्ब १५ अर्ब ५ करोड बेरुजु निस्किएको छ । आज महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०७९ को वार्षिक प्रतिवेदनमा ७५ खर्ब ३३ अर्ब ९ करोडको लेखापरीक्षण भएकोमा बेरुजु निस्किएको हो ।

प्रतिवेदनमा संघीय सरकारी निकाय तथा कार्यालयको २८ अर्ब २० अर्ब ३७ करोडको लेखापरीक्षणबाट ४९ अर्ब ४७ करोड बेरुजु देखिएको छ ।

प्रदेश निकाय तथा कार्यालय १ हजार १३१ को २ खर्ब ९९ अर्ब ५७ करोडको लेखापरीक्षणबाट ७ अर्ब ४८ करोड बेरुजु निस्किएको छ ।

४४८ समिति तथा अन्य संस्थाहरुको २ खर्ब ६ अर्ब १२ करोड लेखापरीक्षणबाट १४ अर्ब १९ करोड बेरुजु देखिएको उल्लेख छ ।

स्थानीय तहको १० खर्ब ५१ अर्ब ९ करोडको लेखापरीक्षणबाट ४३ अर्ब ९० करोड बेरुजु निस्किएको उल्लेख छ । सबैभन्दा बढी प्रतिशत सरकारी समिति र संस्थाहरुमा ६.८९ र स्थानीय निकायमा ४.१८ प्रतिशत बेरुजु देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);