काठमाडौं । विश्वका बिभिन्न शक्ति राष्ट्रका प्रमुखहरु पदबाट बाहिरिएपछि सार्वजनिक यातायातमा यात्रा गर्छन् । आफ्नो कार्यकाल सकिएपछि उनीहरु सामान्य जिवनशैलीमा मनाउने गर्छन् । तर, नेपाली शासकहरुमा यस्तो दृश्य कमै देखिन्छ । एकपटक सांसद भएकाहरु सार्वजनिक यातायातमा निकै कम चढ्छन् । अझ मन्त्री भइसकेकाहरु त सार्वजनिक बसमा चढ्नै लाज मान्छन् ।
तर, पुर्ब मन्त्री शशी श्रेष्ठ र उनका पति माओवादी केन्द्रका नेता लीलामणि पोख्रेल भने मंगलबार महानगर यातायात चढेर एअरपोर्टतर्फ जाँदै गरेको देखिए । उनीहरु ग्वार्कोबाट बसमा चढेका थिए । पत्रकार दिपक पाण्डेले उनीहरु बसमा चढेको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
उनीहरु बसमा चढ्दा बसमा सिट नभएर ढोकै छेउको सिटमा उभिएको पत्रकार पाण्डेले लेखेका छन् । ‘मैले नमस्कार गर्दै शशी दिदीलाई सीट छोडे। म अगाडि बसेका महोदयले दाइलाई छोड्दििए,’उनले लेखेका छन् ।




