कांग्रेससँगको गोविन्दराज जोशीको वार्ता समाप्त, बौद्धिक र योग्य उम्मेदवारलाई भोट हाल्न अपिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

कांग्रेससँगको गोविन्दराज जोशीको वार्ता समाप्त, बौद्धिक र योग्य उम्मेदवारलाई भोट हाल्न अपिल

काठमाडौं, २९ चैत्र । पूर्वगृहमन्त्री गोविन्दराज जोशीले नेपाली कांग्रेससँगको अहिलेको वार्ता समाप्त भएको घोषणा गरेका छन् । काङ्ग्रेसका प्रतिनिधिहरूले वार्ता झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गरेको नेपाली कांग्रेस स्वतन्त्र अभियान जोशी समूहको भनाइ छ ।

काङ्ग्रेसले गत चैत्र १९ गते विगतमा गरेका गल्ती प्रति आत्मालोचना गरे,वैशाख १० गते हुने उपनिर्वाचनको कांग्रेसका उम्मेदवारलाई विजयी गराउन क्रियाशील रहेमा क्रियाशील सदस्यता कायम रहने जस्ता वाक्यहरू राखेर आफूहरुको अपमान गरेको अभियानको ठहर छ । सोही कारण कांग्रेसको निर्णय वा वक्तव्यलाई अस्वीकार गरेको अभियानले स्पष्ट पारेको छ ।

‘गोविन्द राज जोशी समेतको कारबाही फिर्ता भयो आदी कुरा भनि नेपाली काङ्ग्रेसद्वारा गरिएको प्रचार विल्कुल झूठो हो । उक्त वक्तव्यले नेपाली काङ्ग्रेस तनहुँको समस्या समाधान नगरी अझ झन् बल्झाएको महसुस हामीले गरेका छौँ ।’–वक्तव्यमा लेखिएको छ । उपनिर्वाचनका लागि स्वतन्त्र अभियानले आफ्नो उम्मेदवार नउठाएको भन्दै मतदान गर्दा २१औ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने सक्षम, बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने योग्य उम्मेदवारको छनोट गरी आफ्नो मताधिकार प्रयोग गर्न सम्पुर्ण मतदाताहरुलाई अपिल गरेको छ ।

‘सत्य, न्याय र सामाजिक समृद्धिका लागि हाम्रो लडाइँ सकिएको छैन । जसका लागि हामी सधैँ लडिरहने छौँ । अबको हाम्रो लडाइँ कुनै पनि राजनीतिक विचार भन्दामाथि उठेर पार्टीको झन्डामा सीमित नभएर देश र जनताका लागिहुने छ । किनभने राष्ट्र र राष्ट्रियताभन्दा माथि कुनै पनि राजनीतिक पार्टी हुन सक्दैन । जुन कुरामा न त हाम्रो हिजो विमति थियो न त आज नै ।’–अभियानले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);