देउवालाई प्रधानमन्त्री बन्न ओलीको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८१, बिहीबार

देउवालाई प्रधानमन्त्री बन्न ओलीको प्रस्ताव

काठमांडू, २८ चैत्र । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई चुनावसम्म प्रधानमन्त्री बन्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव पठाएका छन् । प्रस्तावबाट देउवा गम्भीर भएको बुझिएको छ । उनले आज सोमबार राजधानीमा बोल्दै चाँडै प्रधानमन्त्री बन्न सक्ने बताए । यसले राजनीतिक वृत्तलाई तरंगित पारेको छ ।

त्यसो त नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रचण्ड नेतृत्वको सरकारलाई ढाल्न सक्ने बताइसके । यो भनाई अर्थपूर्ण छ । आफ्ना विश्वासपात्रमार्फत् ओलीले देउवालाई यस्तो प्रस्ताव पठाएका हुन् । देउवालाई प्रधानमन्त्रीको प्रस्ताव ओलीबाट पुगेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

सत्ता गठबन्धनको मुख्य घटकमध्येको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले देउवालाई संसदको बाँकी कार्यकालभर प्रधानमन्त्री बन्न देउवाबाट प्रस्ताव गएको सूचना पाएको खुलाएका छन् । विदेशी सञ्चारकर्मीसँगको गत शुक्रवारको अन्र्तक्रियामा नेता नेपालले ओलीबाट त्यस्तो प्रस्ताव गएको जानकारी पाएको बताएका हुन् ।

आफूले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन साथ दिएपनि दुई महिनामै समिकरण बदलेकोमा ओली रुष्ट छन् । उनले यसकारण पनि देउवालाई प्रस्ताव पठाइरहेको बुझ्न सकिन्छ ।

सत्ता समिकरणमा फेरबदल भइरहँदा प्रधानमन्त्रीको कुर्सीले फेरि बदलिने सम्भावना उत्तिकै छ । नेपालको संसदमा नेपाली काँग्रेस पहिलो र एमाले दोस्रो ठूलो दल हो । तर, यी दुई दलबीचको सत्ता संघर्षको फाइदा तेस्रो ठूलो दल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले उठाइरहेको छ । उसैले गठबन्धन सरकारको नेतृत्व झण्डै ४ महिनायता गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);