काठमाडौं, २८ चैत्र । गुन्डा नाइके चक्रेमिलन (मिलन गुरुङ)को बडी गार्ड पक्राउ परेका छन् । एक होटलमा हतियार प्रदर्शन गरेको अभियोगमा मिलनको सहयोगी गणेशबहादुर बोगटीलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालगन्जका स्थानीय बोगटीले सामाजिक सञ्जालमा पोइन्ट टुटु हतियार बोकेर हिँडेको भिडियो पोस्ट गरेका थिए । राष्ट्रिय युवा संघको महाधिवेशनमा भाग लिन पुगेका चक्रे मिलनसँग बन्दुक बोकेर हिडेको भिडियो बोगटीले टिकटकमा सेयर गरेपछि उनी पक्राउ परेका हुन् ।
हतियारको लाइसेन्स लिएपनि प्रदर्शन गर्न नपाइने प्रहरी बताउँछ । नेपालगन्जमा युवासँघको महाधिवेशन जारी छ ।




