अमृतपाल सिंह खोज्न भारतीय सुरक्षा टोली नेपाल छिरेको हो ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

अमृतपाल सिंह खोज्न भारतीय सुरक्षा टोली नेपाल छिरेको हो ?

काठमाडौं, २७ चैत्र । भारतमा पृथकतावादी खालिस्तान अभियान चलाइरहेका अमृतपाल सिंह नेपाल पसेको आशंकामा खोजी कार्य तिव्र पारिएको छ । यसका लागि भारतीय सुरक्षा टोली नै नेपाल प्रवेश गरेको विषय उठेको छ ।

संसदमा आज सोमवार नेकपा एमालेका सांसद रघुजी पन्तले खोलिस्तानी आन्दोलनकारी अमृतपाल सिंह खोज्न भारतीय सुरक्षाकर्मीहरु अनुमति विनै नेपाल आउनुले नेपालको सुरक्षा संयन्त्रप्रति अविश्वास पैदा भएको बताए । नेपालले कुनैपनि विखण्डन र आतंककारी गतिविधिलाई नसघाउने स्पष्ट पार्दै बाह्य देका सुरक्षाकर्मीहरुलाई अनुमति विना प्रवेश दिनु कानून विपरित हुने तर्क गरे ।

पन्तले अरु देशबाट भागेका आतंककारी र अपराधीलाई पक्रन नेपालको सुरक्षाकर्मी सक्षम रहेको बताए ।

सुरक्षा स्रोतको हवाला दिदै भारतीय सुरक्षा टोली अमृतपाल सिंहको खोजीका लागि नेपाल प्रवेश गरेको विषय नेपाली मिडियामा चर्चाको विषय बनेको छ । भारतबाट ६ जना इन्टेलिजेन्स ब्युरोका टोली आएको उल्लेख छ ।

खोलिस्तानी अभियान चलाइरहेका अमृतपाल नेपाल प्रवेश गर्न सक्ने भन्दै भारतीय राजदूतावासले खोजीका लागि केही हप्ता अघि पत्र लेखेको सार्वजनिक भइसकेको छ । नेपाली भूमीबाट तेस्रो देश जानसक्ने भन्दै अध्यागमन विभागलाई पक्राउ गर्न पत्र लेखेको थियो ।

नेपाल प्रहरीका प्रवक्ता समेत रहेका डिआइजी पोषराज पोखरेलले अमृतपाल सिंह नेपाल नभएको दाबी गरे । पोखरेलले भने, ‘उनी नेपालमा छैनन्, सीमामा सुरक्षा सतर्कता अपनाइएको छ ।’

नेपालमा विभिन्न समयमा भारतले आतंककारी घोषित गरेका र अपराध गरेकाहरु पस्ने गरेका छन् । उनीहरुलाई नेपाली सुरक्षाकर्मीले पक्राउ गरेको घटनाहरु छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);