जलविद्युत उत्पादन तथा बिक्री सम्बन्धी सम्झौता गर्न सर्वदलीय संयन्त्र गठन गर्न सांसद शर्माको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जलविद्युत उत्पादन तथा बिक्री सम्बन्धी सम्झौता गर्न सर्वदलीय संयन्त्र गठन गर्न सांसद शर्माको माग

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले प्रधानमन्त्रीको भारत भ्रमणभन्दा अगाडि जलविद्युत उत्पादन तथा बिक्री सम्बन्धी सम्झौताका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गर्न माग गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समय लिएर बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो । उहाँले केही समय अघि भारतका व्यवसायीहरुसँग भेट्दा नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युत विकास तथा व्यापार सम्झौता हुनसक्ने आधार देखेको उल्लेख गर्नुभयो । उहाँले भारतीय व्यवसायीहरुले नेपालको विद्युत उत्पादन गर्न अन्य देशलाई दिएकोमा गुनासो गरेको बताउनु भयो। उहाँले भारतका व्यवसायीहरुले विद्युत उत्पादन अरु देशलाई गर्न दिने तर विद्युत खपतको लागि भारतले किनिदिनु पर्ने वैज्ञानिक नभएको गुनासो गरेको बताउनु भयो ।

उहाँले नेपालको जलाशयको क्षमता अनुसार २३ वटा परियोजनाबाट सन् २०३० सम्म ३० हजार मेगवाट क्षमताको बिद्युत उत्पादन गर्न सकिने दाबी गर्नुभयो । उहाँले ३० हजार मेगवाट क्षमताको बिद्युत उत्पादनका लागि भारत र बंगलादेशका लगानीकर्तालाई पनि आकर्षित गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले भारत र बंगलादेशलाई पनि वीन वीनको अवस्थामा ल्याएर लगानीको वातावरण बनाइदिनु पर्ने भन्दै भारतलाई हेर्ने परम्परागत दृष्टिकोण परिवर्तन हुनुपर्ने समेत बताउनु भयो ।

उहाँले विगतका प्रधानमन्त्रीहरु भारत भ्रमणमा जाने तर कुनै पनि राम्रो सम्झौता गर्न नसकेको बताउनु भयो । उहाँले अहिलेसम्म भारतसँग विद्युत व्यापार सम्झौता ४५२ मेगावट रहेको त्यो पनि वर्षा आयममा रहेको बताउनु भयो । उहाँले नेपालमा जलस्रोतको क्षमता अनुसार जलविद्युत उत्पादन गर्नसके नेपाली नागरिकहरुले आगोमा जलेर आत्मादाह गर्नु पर्ने अवस्थाको अन्त्य हुने दाबी गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);