काठमाडौं, २६ चैत्र । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धि मुद्दाको सुनुवाई आज हुँदैछ । आज तोकिएको पेसी जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको एकल इजलासमा परेको छ ।
२ पटकसम्म तोकिएको पेशी स्थगित गरिएको थियो भने गत बिहीबार पेशीलाई नभ्याइनेमा राखिएको थियो ।
सन्दीपको मुद्दा आज तेस्रो प्राथमिकतामा राखिएकोले आजै सुनुवाइ हुने सम्भावना देखिएको छ । जिल्ला अदालत काठमाडौंले आजका लागि मुद्दाको पेसी तोकेको हो ।